नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय ३५ पुग्यो

0
510

काठमाडौं । नेपालमा आज एकैदिन ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । कूल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगरमा गरिएको परीक्षण मोरङ र सुनसरीका ६ जना, कोसी अस्पतालको परीक्षणमा १ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पतालमा ४० जना बांके, बर्दियाका २८ जना, पोखरामा गरिएको परीक्षणमा कास्कीका ३ जना, स्याङ्जाका १० जना र बाग्लुङका एकजना गरी १४ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार धरानमा गरीएको परीक्षणमा सुनसरीका १ जना, सप्तरीका ७ जनासहित ८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै सेती अस्पतालमा बझाङ, कञ्चनपुर, कञ्चनपुरमा रहेका काठमाडौंका २ जना, अछामका एक जना, कैलाली धनगढीका २ जना र डडेल्धुराका १ जना गरी १३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै जुम्लामा गरिएको परीक्षणमा दैलेखका ४३ जना, डोल्पाका १ जनागरी ४४ जनामा संक्रमण थपिएको छ ।

मन्त्रालयका अनुसार सुर्खेतमा गरीएको परीक्षणमा सुर्खेत, जाजरकोट, सल्यानका ३८ जनागरी ५७ जना संक्रमित थपिएका छन् । बुटबलमा गरीएको परीक्षणमा अर्घाखाँचीका एकजना, कपिलबस्तु ११ जना, नवलपरासी र रुपन्देहीमा गरी १७ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा गरिएको परीक्षणमा भत्तपुरका एकजना, धनुषा ८ जना, कपिलबस्तुका ३९ जना, काठमाडौंका ४ जना, महोत्तरीका ३५ जना र सर्लाहीका गरी १२० जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ७९ जना, दुई नम्बर प्रदेशमा १ सय३३ जना, प्रदेश नम्बर ३ मा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, ५ नम्बर प्रदेशमा ९६, कर्णाली प्रदेशमा ९ जना र सुदुरपश्चिम प्रदेशमा १३ जना गरी ३ सय ६५ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ३२ जना निको भएका छन् । जनकपुरबाट १५ जना, बाँकेबाट ४ जना, सेती अस्पतालबाट ६ जना, सुर्खेतबाट ७ जना निको भएको मन्त्रालयले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here