नेपालमा कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु, २९१ जना संक्रमित

0
859
तस्वीर : रोयटर्स

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोक बाह्रबिसेस्थित राम्चेकी एक सुत्केरीको मृत्यु भएको छ ।

उनको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । १० दिनअघि वैशाख २४ गते शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी २५ गते डिस्चार्ज भएकी थिइन् ।

तर श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी उनको धुलिखेल अस्पतालमा विहिबार (१ जेठ) मृत्यु भएको हो । विहिबार नै उनको मृत्यु भए पनि मन्त्रालयले कोरोनाले नै उनको मृत्यु भएको शनिवार राति मात्रै पुष्टि गरेको हो ।

२९ वर्षीया ती महिलाको शनिवार राति नै पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहबाट अन्त्येष्टि गरिएको छ ।

उनको मृत्युसँगै नेपालमा संक्रमण देखिएको करिव ४ महिनापछि कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आइतबार विहानसम्म संक्रमित हुनेको संख्या २९१ पुगेको छ ।

मन्त्रालयले आइतबार विहान जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका १० जना पुरूषमा संक्रमण देखिएको छ । उनीहरू रौतहट राजपुर नगरपालिका फरदवा – ९ का ७ जना र इशनाथ नगरपालिका ३ र ५ का ३ जना हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here