कचनकवल सिमाक्षेत्रमा भारतियबाट शसस्त्र प्ररहरी माथी आक्रमण प्रयास , प्रहरीद्वारा एक राउण्ड हवाई फायर

0
740

जेठ ४
दक्षिणी झापाको कचनकवल सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि फेरी भारतिय नागरिकबाट आक्रमणको प्रयास भएको छ । भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षा कर्मीसहित अस्थायी पोस्टमा आक्रमणको प्रयास गर्न खोजेपछि सशस्त्र प्रहरी प्रतिकारमा हवाई फायर गरेका हुन् ।
कचनकवल १ घेराबारीस्थित १२५÷१० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरी पोष्टमा हिँजो साँझ भारतिय नागरिकले नेपाल प्रवेस गर्न खोज्दै आक्रमण गरेपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । प्रहरीका अनुसार हिँजो साँझ करिब साढे ७ बजे तिर डेढदेखि दुई सय जना भारतीय नागरिकको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न खोजेका थिए । प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए ।
भारतीय नागरिकले सीमा क्षेत्रमा आएर आक्रमण प्रयास गरेपछि भारतीय एसएसबीसँग जानकारी गराइसकेको एसपी कोइरालाले बताउनु भयो । हिँजो साँझ घटना भएकोले आज यस विषयमा भारतीय एसएसबीसँग छलफल गर्ने उहाँले बताउनु भयो । सोहि ठाउँमा केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीय नागरिकलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए ।
सोही विषयलाई लिएर उनीहरू फेरि आएको बताइएको छ । उता केही दिन अघि मात्र झापा गाउँपालिका ४ स्थित सुकुम्वासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलर नजिकै पनि भारतिय नागरिकले आक्रमण गरेपछि सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेका थिए । दुई जना भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न नदिएको भन्दै डेढ सय बढी भारतीय नागरिक आएर आक्रमणका प्रयास गरेका थिए । त्यसको भोलि पल्ट भारतीय एसएसबीको सहकार्यमा भारतीय नागरिकहरूले गल्ती स्विकार्दै माफी मागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here