नेपालमा कोरोना संक्रमित बढेपछि लकडाउन कडा, आवातजावतका लागि दिइएका सबै पास रद्द

0
662

३० बैशाख, काठमाडौं । नेपालमा धमाधम कोरोना संक्रमित बढेपछि सरकारले लकडाउन फेरि कडाई गरेको छ ।

संक्रमित बढेसँग आवातजावतका लागि दिइएका सबै पास रद्द गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज मंगलबार गरेको निर्णयअनुसार अब एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द भएका छन् ।

मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जनाएका छन् ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेकोमा अब जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य गरिएको छ ।

सञ्चारकर्मीले पनि अब सूचना विभागको पास देखाएर मात्र समाचार संकलनका लागि खटिन पाउने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here