कोरोना संक्रमितले बाँकेको अस्पताल भरिभराउ, संक्रमित बालिका राख्न बेड अभाव

0
478

बैशाख ३०, काठमाडौं बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल कोरोना संक्रमित विरामीले भरिभराउ भएपछि संक्रमित बालिका राख्न बेडकै अभाव भएको छ ।

कोरोना संक्रमितका लागि २५ बेड तयार गरिएकोमा २४ जना संक्रमित र एक जना शंकास्पद संक्रमित भएपछि अस्पतालमा अरू संक्रमित अब राख्ने अवस्था नभएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

अस्पतालमा संक्रमित राख्ने अवस्था नभएपछि बर्दियाकी एक बालिकालाई त्यहाँ भर्ना गर्न नसकिएको उपाध्यायले जानकारी दिए । ‘अर्को जिल्लाको भएकाले भर्ना नलिएको हैन, हामीसँग उपलब्ध बेड नै सकिएपछि उनलाई नेपालगञ्ज लगिने बुझिएको छ,’ उपाध्यायले भने ।

बर्दियास्थित राजापुर नगरपालिका-५ की ११ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएपछि क्यान्सर अस्पताल लाने तयारी गरिएको थियो ।

संक्रमित बालिका गत चैत ५ गते हजुरआमासँग कैलालीको धनगढी उपहानगरपालिका मझगाउँस्थित आफन्तको घर गएकी थिइन् । फर्किएपछि दुवैलाई वैशाख ५ गते क्‍वारेन्टाइनमा राखिएकोमा उनमा संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here