नेपालमा २ पत्रकार र एक स्टाफ नर्समा पनि कोरोना भाइरसको संक्रमण

0
674

काठमाडौं – नेपालमा आज (मंगलबार) एकै दिन भेटिएका ५७ जना कोरोना संक्रमितमध्ये २ जना पत्रकार र एक जना स्टाफ नर्स पनि भएको खुलेको छ ।

पर्सामा देखिएका ३९ जना कोरोना संक्रमितमध्ये कम्तिमा २ जना पत्रकारलाई संक्रमण देखिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

यस्तै कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना स्टाफ नर्स पनि भएको खुलेको हो । संक्रमित नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले पुष्टि गरेका छन्।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले भने संक्रमितको पेसागत आवद्धताबारे जानकारी नभएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here