नेपालमा एकै दिन ५७ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या १९१

0
457
तस्वीर : रोयटर्स

३० बैशाख, काठमाडौं  नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार पर्सा, कपिलवस्तु र रुपन्देही र बाराका गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पर्साका ३९, रुपन्देहीका ९, कपिलबस्तुका ८ र बाराका १ जना छन् । संक्रमित सबै जना पुरुष भएका सह–प्रवक्ता अधिकारीले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । यसमध्य ३३ जना उपचारपछि घर फर्किएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here