नेपालमा एकैदिन २४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या १२४ पुग्यो

0
578
तस्वीर : रोयटर्स

काठमाडौं – नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार नै कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा एकैदिन २४ जनामा संक्रमण देखिएर संक्रमित संख्या १३४ पुगेको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि आजै विहान कपिलवस्तुमा १० जना र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  योसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।

संक्रमितमध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् भने १०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here