३० बैशाख, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार ३३२ पुगेको छ ।
विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५५ हजार ९४२ जना संक्रमित छन् ।संक्रमितमध्ये १५ लाख २७ हजार ४९६ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ४१ हजार ११४ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९६६ जनाको अवस्था गम्भीर छ ।
मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५३ हजार ९२६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ५३ हजार १२ पुगेको छ ।
उत्तर अमेरिकी मुलुकहरुमा ९१ हजार ३६९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख २० हजार १३४ पुगेको छ ।
यस्तै एसियाली मुलुकहरुमा २२ हजार ५०१ जनाको मृत्यु भएको छ । ६ लाख ८४ हजार ८८३ जना संक्रमित छन् । दक्षिण अमेरिकी मुलुकहरुमा १७ हजार ४८ जनाको मृत्यु भएको छ । ३ लाख २० हजार ८४३ जना संक्रमित छन् ।
अफ्रिकी मुलुकहरुमा २ हजार ३५५ जनाको ज्यान गएको छ भने ६७ हजार ७७८ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५७१ पुगेको छ ।
सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७९५ पुगेको छ ।पछिल्लो २४ घण्टामा १८ हजार १९६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८५ हजार ८३४ पुगेको छ ।