कोरोना भाइरस : कैलालीका युवा पनि डिस्चार्ज, ४ जना निको भए

२७ जनाको उपचार जारी

0
1506

७ चैत्र, काठमाडौं–  कोरोना भाइरसबाट संक्रमित कैलालीका २१ बर्षीय राज विक १६ दिनको अस्पताल बसाईपछि आइतबार घर फर्किएसँगै नेपालमा कोरोना भाइरसका ४ जना विरामी निको भएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएपछि गत चैत २२ गते धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएका कैलाली लम्कीचुहा नगरपालिका – ९ का २१ वर्षीय विकलाई डिस्चार्ज गरिएसँगै नेपालमा ४ जना निको भएका हुन् ।

दुई पटक पीसीआर परीक्षण गर्दा उनमा नेगेटिभ देखिएपछि उनलाई आइतबार डिस्चार्ज गरिएको छ । अस्पतालकै गाडीमा राखेर उनलाई घर पठाइएको छ।

यसअघि शनिबार मात्रै २ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएका थिए । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया किशोरी प्रसिद्धि श्रेष्ठ शनिबार अस्पतालबाट डिस्चार्ज भएकी थिइयन् ।

यस्तै, बाग्लुङ ६५ वर्षीया मनकुमारी पौडेल पनि उपचारपछि निको भएर शनिबार साँझ नै धौलागिरी अञ्चल अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा पछिल्लो १८ घण्टामा कुनै पनि कोरोना संक्रमित भेटिएका छैनन् ।

शनिबार साँझ उदयपुरमा १ जना ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेपनि ४ जना निको भएर घर फर्किएपछि २७ जनाको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here