नेपालमा थप १४ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

0
465
तस्वीरः रासस

५ बैशाख, काठमाडौं  नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरमा लुकेर बसेका मुस्लिम समुदायका १२ जना र चितवनका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा लुकेर बसेका उनीहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० वर्षका छन् ।

यस्तै चितवनको २७ वर्षीय पुरुष  र ६३ वर्षीयमा महिला रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।

उनीहरुको विषयमा थप जानकारी लिन कन्ट्रयाक ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित क्षेत्रका टोली खटाइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० पुगेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here