अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध बैशाख १८ गतेसम्म

0
577
तस्वीरः रासस

२५ चैत्र, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध यसअघि कायम गरिएको समयावधि भन्दा अरु १५ दिन थप्दै बैशाख १८ गते (अप्रिल ३०) सम्मलाई पुर्‍याएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा अरु १५ दिन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

‘आन्तरिक उडानका बिषयमा पनि छलफल भयो तर के गर्ने भन्नेमा निर्णयमा पुगिएन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले भने ।

बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्‍यापिड कीट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको छ ।

कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडीटी पद्धतीबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पीसीआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले संक्रमणको बढी सम्भावना भएका डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here