भारतीय सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्बोच्चको आदेश

0
1524

२५ चैत्र, काठमाडौं । सर्बोच्च अदालतले भारतीय सीमामा अलपत्र परेका नागरिकलाई नेपाल ल्याउन सरकारलाई आदेश दिएको छ।

न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार सरकारका नाममा उक्त आदेश दिएको हो ।

आदेशमा तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य सुनिश्चितताको व्यवस्था गर्न भनिएको छ।

यस्तै सर्वोच्चले विदेशमा रहेका नागरिकलाई नेपाल फर्कन चाहेमा फर्कने व्यवस्था मिलाउने प्रबन्ध गर्न पनि सरकारलाई आदेश गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here