लकडाउन थपिएपछि प्रधानमन्त्री ओलीको सम्बोधन, अरु दुई साता भयावह

0
697
देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीरः रासस

काठमाडौं – कोरोना भाइरसको जोखिम बढेको ठहर गर्दै सरकारले थप ८ दिन लकडाउन थपेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै अरु २ साता चुनौतीपूर्ण रहेको बताएका छन् ।

‘अझै पनि थप दुई साता थप चुनौती हुन सक्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस बीचमा माहारीको संक्रमण फैलिन नदिन सबै प्रयास गरिने छ । र्‍यापिड टेस्ट किटले संक्रमण पहिचानमा सघाउने विश्वास लिएका छौं ।’

अहिले देखिएको संकटको कालो बादल छिट्टै हटेर जाने विश्वास लिएका प्रधानमन्त्री ओलीले त्यसबेला सम्मका लागि सबैले आफू रहकै स्थानमा सुरक्षित साथ बस्नुपर्ने बताए ।

‘जो जहाँ छौं त्यही सरक्षित रहौं । संकटको काले बादल हटेर जानेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो सीमा भित्र रहेका मानिसको रक्षा गर्नु सबै देशका सरकारको दायित्व हो । हाम्रो विश्वास छ विदेशमा रहेका नेपालीले पनि त्यहीको सरकारबाट माया पाउनुहुनेछ ।’

सम्भावित जोखिमलाई आकलन गर्दै ३० हजार ५६६ व्यक्तिलाई राख्न मिल्ने गरी क्वारेन्टाइन तयारी अवस्थामा राखिएको बताएका छन् । ती क्वारेन्टाइनमा ९ हजार १ सय ६८ जनालाई राखेर निगरानी बढाइएको समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

३ हजार २५९ क्षमताको आइसोलेसन बेड पनि तयार पारिएको र त्यसमा अहिले  ९५ जना उपचारारत रहेका पनि उनले बताएका छन् ।

‘सरकार सकभर संक्रमण फैलन नदिन र फैलिनहाले पनि त्यसलाई रोक्न तयारी अवस्थामा जुटेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसअवधिमा सातै प्रदेशबाट पीसीआर प्रविधिबाट परीक्षण सुरु गरिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here