नेपालमा कोरोना भाइरसको छैटौं संक्रमण, दोहाबाटै आएकी महिलामा देखियो संक्रमण

0
672

२० चैत्र, काठमाडौं । नेपालमा अर्का एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलमा प्रवक्ता डा. विकास देवकोटाले आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा छैटौँ व्यक्तिमा पनि कोभिड-१९ पोजिटिभ देखिएको जानकारी दिए ।

‘दोहाबाट काठमाडौं आएको QR 652 उडानमा आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो,’ उनले भने । अहिले देखिएको छैटौं संक्रमित पनि बागलुङकै भएको खुलेको छ । यसअघि पाँचौं संक्रमित पनि बागलुङकै थिइन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ । यसअघि सोही फ्लाइटबाट नेपाल आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी १९ वर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पहिलो संक्रमित व्यक्ति २ महिनाअघि नै निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। जसमध्ये टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एक जना र धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा एक जनाको उपचार भइरहेको छ ।

कोरोना भाइरसको दोस्रो संक्रमण देखिएपछि नेपालमा सरकारले ११ गतेदेखि सुरु गरेको लकडाउन जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here