लकडाउनका कारण भुटानी शरणार्थि शिबिरमा खाद्यान्न संकट

0
573

दमक चैत १९/
कोरोना संक्रमण नियन्त्रणका लागी सरकारले मुलुकलाई लक डाउन गरेपछि भुटानी शरणार्थि शिबिरमा पनि त्यसको प्रभाव परेको छ । विभिन्न दाताहरूले दिँदै आएको रासन बन्द भएसँगै दैनिक मजदुरी गरेर खाने उनीहरूलाई छाक टार्नै गाह्रो भएको हो । झापा र मोरंगका शिबिरमा रहेका शरणार्थिहरु दाताहरुले दिँदै आएको खाद्यान्न कटौती गरेपछि शरणार्थि बाहिर श्रम गरी खाद्यान्न जुटाउने गरेका थिए । तर लकडाउनले सबै ठप्प भएपछि काम गर्न नपाएको पथरी शनिश्चरेस्थित शिविरका विकाश तामाङले गुनसो गर्नु भयो । बाहिर श्रम गर्न नपाउँदा छाक टार्नै गाह्रो भएको उहाँले बताउनु भयो ।
शरणार्थीहरूलाई खाद्यान्न वितरण गत वर्षको मार्चदेखि पूर्णरुपमा बन्द गरिएको छ । खाद्यान्न वितरण बन्द सँगै शरणार्थीहरू श्रमका लागी शिविर बाहिर जाँदै आएका थिए ।
शिविर मा भोकमारी बढ्ने त्रास संगै करोनाको सङ्क्रमण फैलने जोखिम पनि रहेको शनिश्चरे शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले बताउनु भयो । बाक्लो बस्तीमा बसेका उनीहरूले सामूहिक धारा प्रयोग गर्दै आएका छन् । त्यसैगरी शरणार्थिहरुलाई अहिले सम्म कसैले पनि मास्क, साबुन र सेनिटाइजर वितरण नगरेकोले पनि कोरोनाको जोखिम रहेको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here