चैत्र २५ गते मध्यरातिसम्म लकडाउन बढाउने सरकारको निर्णय

0
411
तस्वीरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं – सरकारले जारी लकडाउनलाई चैत्र २५ गते मध्यरातिसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनलाई अरु सात दिन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान कम्तिमा एक हप्ता बढाउन गरेको प्रस्ताव मन्त्रीपरिषद्ले अनुमोदन गरेको हो ।

काठमाडौंमै एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

तर लकडाउनपछि पनि अरु तीन जना कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन अझ बढाउने निर्णय गरेको हो ।

यो अवधिमा अत्यावश्यक बाहेकका काममा हिडे संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने सरकारले चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here