अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध १५ दिन लम्बियो, बैशाख ३ गतेसम्म उडानमा रोक

0
510
तस्वीरः रासस

१६ चैत्र, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान अरु १५ दिनका लागि रोक लगाउने निर्णय गरेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र ८ देखि १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान रोकेको घोषणा गरेकोमा अब अरु १५ दिन उडान रोक्दै बैशाख ३ गतेसम्म कुनै पनि उडान हुन नदिने निर्यण भएको हो ।

कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।

कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पूर्ववत निर्णयअनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने, ‘कोरोना संक्रमणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here