कांग्रेस दमकले बिपन्न समुदायलाई राहत संकलन गरि नगरपालीकालाई बुझाउने

0
408

दमक चैत १७
नेपाली कांग्रेस दमकले लकडाउनका बेला बिपन्न समुदायलाई रहत संकलन गरी नगरपालीकाको राहत कोषमा जम्मा गर्ने भएको छ । कांग्रेस दमक नगर समितिको आज बसेको भर्चुअल बैठकले राहत संकलन र वितरण एक द्वार प्रणाली मार्पmत गर्ने निर्णय गरेको हो । लक डाउनको बेलामा प्रबिधिको प्रयोग गर्दै भिडियो कन्फरेन्स मार्पmट बसेको बैठकले पार्टिका सबै वडा समितिबाट राहत संकलन गरी नगर समिति मार्पmत नगरपालीकाको कोषमा जम्मा गर्ने निर्णय गरेको नगर सभापती रोशन विष्टले जानकारी दिनुभयो । दैनिक काम गरेर परिवार पाल्दै आएका बर्गहरु लक डाउनको समयमा समस्यामा परेको भन्दै पार्टिले सबै कार्यकर्ताहरुलाई राहत संकलन अभियानमा सरिक हुन आग्रह समेत गरेको छ । कोरोना संक्रमणको जोखिम हुने हुनाले एकै ठाउँमा भिड गर्ने भन्दा पनि टोलबाट रकम संकलन गरी वडा समिति र वडाबाट नगरमा जम्मा गर्न आग्रह गरिएको नगर सचिव प्रकाश प्रसाईंले जानकारी दिनुभयो । कांग्रैस सदैब विपन्न समुदायको पक्षमा रहने भन्दै उहाँले कोहि नागरिक पनि खाना खानबाट बन्चित हुन नपर्ने बताउनु भयो ।
यसै विच कांग्रेस दमक ५ वडा समितिले आजै बाट रकम जुटाउन सुरू गरेको छ । वडा समिति ले चैतन्य बराल को संयोजकत्वमा राहत संकलन सुरु गरेको हो । पार्टीका वार्ड सभापति राजु राउत, सम्योजक बराल लगायतको सकृयतामा जारी संकलनको क्रममा आज ११ जनाबाट कुल २२ हजार रुपैयाँ जुटाएको बरालले जानकारी दिनुभयो । सो रकम पार्टिको नगरसमिति मार्फत दमक नगरपालिकाको राहत कोषमा हस्तान्तरण गरिने सम्योजक बरालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here