कोरोना भाइरस : ३० हजार ९ सय भन्दा बढीको मृत्यु

इटालीमा मृतकको संख्या १० हजार नाघ्यो, अमेरिकामा २२ सय

0
604
तस्वीरः सिन्ह्वा

१६ चैत्र, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३० हजार ९ सय भन्दा बढी मानिसको मृत्यु भएको छ ।

नेपाली समय अनुसार आइतबार दिउसो २ बजेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ३० हजार ९ सय ३५ जनाको मृत्यु भएको हो ।

६ लाख ६५ हजार ९ सय मानिस संक्रमित भएका छन् । यसमध्ये १ लाख ४२ हजार ५ सय निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

इटालीमा थप ८ सय ८९ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको हो । ५ हजार ९ सय ७४ जना मानिसहरु संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

लकडाउन तत्काल नखुल्ने

अनेकौं प्रयासका बाबजुद कोरोना भाइरसको संक्रमण नरोकिएपछि फेब्रुअरी २१ देखि जारी ‘लकडाउन’ लम्बिने भएको छ । इटाली सरकारले यसअघि अप्रिल ३ सम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ लम्बिने त्यहाँकी गृहमन्त्रीले बताएकी छन् ।

इटालीका गृहमन्त्री लुचियाना लामोरगेजेले पछिल्लो संक्रमितको संख्या हेर्दा अप्रिल ३ मै ‘लकडाउन’ लकडाउन खोल्न सक्ने अवस्था नरहेको बताएकी छन् । इटालीमा लकडाउन जारी रहेपछि स्कूल तथा बिश्वबिद्यालयहरुले अनलाइनमार्फत पठनपाठन गरिरहेका छन् ।

अमेरिकामा २२ सय बढीको मृत्यु

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय २३ जनाको मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा १ लाख २३ हजार ७ सय ८० जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८७ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ हजार २ सय ३८ जना उपचारपछि निको भएका छन् भने १ लाख १८ हजार ३ सय १३ जना उपचाररत छन् ।कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा ४५ जनामा नयाँ संक्रमण देखिएको छ भने ५ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या ३३ सय पुगेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ । एकैदिन अरु ८ सय ४४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार नजिक पुगेको हो ।त्यहाँ नयाँ ७ हजार ५ सय १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ७३ हजार २ सय ३५ पुगेको छ ।

यस्तै जर्मनीमा ४ सय ५५ जनाको मृत्यु भएको छ भने ५८ हजार २ सय ४७ जनामा संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here