बागलुङकी युवतीमा कोरोनाको संक्रमण, संक्रमितको संख्या ५ पुग्यो

0
609

काठमाडौं –  बागलुङकी एक युवतीमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

बेल्जियम गएर चैत ४ गते नेपाल फर्केकी बागलुङकी एक एक युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पोजेटिभ भएको पुष्टि भएको हो । उनको धैवलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

१९ वर्षीया ती युवतीमा पोजेटिभ रिपोर्ट देखिएको र उनीसंगै नेपलमा कोरोना संक्रमण भएकाको संख्या ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पुष्टि गरेका छन् ।

संक्रमितमध्ये एक निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले संक्रमण देखिएकी किशोरी चैत ४ गते नै कतारकतार एयरवेजको ‘क्यूआर ६५२ विमानबाट नेपाल आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here