नेपालमा काठमाडौं बाहिर पहिलो कोरोनाको संक्रमण, संक्रमितको संख्या ४ पुग्यो

0
627

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट काठमाडौं उपत्यका बाहिर पहिलो तथा समग्रमा चौथो ब्यक्तिमा संक्रमण देखिएको छ ।

उपत्यकाबाहिरको पहिलो संक्रमण धनगढीमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ । दुबईबाट आएका ३४ बर्षीय पुरुष गत चैत्र ११ गते धनगढीमा उपचारका लागि भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

योसँगै कोरोना भाइरसको संक्रमण उपत्यका बाहिर पनि फैलिएको पुष्टि भएकाले उनले घरभित्रै रहेर लकडाउनको पालना गर्न उनले आग्रह समेत गरेका छन् । यसअघि नेपालमा गत माघ ९ गते पहिलो पटक एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

त्यसको दुई महिनापछि यही चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएकी १९ बर्षीय नेपाली युवतीमा पनि कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले गत सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको थियो ।

त्यसलगत्तै कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले मंगलबारदेखि एक साताको लकडाउन गरे पनि त्यसको भोलिपल्टै बुधबार दुवईबाट आएका धादिङका ३२ बर्षीय नेपाली युवा पनि कोरोना भाइरसबाट संक्रमित भएको खुलेको थियो ।

कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचारारत उनीहरु दुबैको अवस्था सामान्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here