अमेरिकामा कोरोनाको संक्रमण चीनको भन्दा उच्च, विश्वभर २४ हजार बढीको मृत्यु

0
666
तस्वीरः एपी

१४ चैत्र, काठमाडौं । कोरोना भाइरसको संक्रमण अमेरिकामा उच्च भएको छ ।

अमेरिकामा एकै दिन १७ हजार भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८५ हजार ६ सय १२ पुगेको छ । संक्रमित हुनेको यो संख्या चीनको भन्दा ४२ सय १२ ले बढी हो ।

चीनमा ८१ हजार ३ सय ४० मा संक्रमण देखिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा थप २ सय ७४ जनाको मृत्यु भएसँगै मृतकको संख्या पनि १३ सय १ पुगेको छ ।

उपचारारत ८२ हजार ४ सय ४३ मध्ये २१ सय २२ जनाको अवस्था गम्भीर रहेकाले अमेरिकामा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या बढ्ने सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण रोक्ने अनेकौं उपाय अपनाइरहँदा पनि अमेरिकामा संक्रमण फैलने क्रम तीव्र भएको छ ।

तीन महिनादेखि फैलिरहेको कोरोना भाइरसको महामारीबाट अहिलेसम्म २४ हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वमा १९९ देशमा फैलिएको संक्रमणबाट शुक्रबार विहानसम्म २४ हजार १४८ जनाको मृत्यु भएको छ ।

५ लाख ३७ हजार ८ सय भन्दा बढी संक्रमित भएका छन् । संक्रमित भएका मध्ये १ लाख २४ हजार ५ सय जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

इटालीमा पनि संक्रमित हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २०३ जना संक्रमित थपिएसँगै इटालीमा ८० हजार २ सय ८५ संक्रमित छन् । ८ हजार २ सय १५ जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । ४ हजार ३ सय ६५ ले ज्यान गुमाएका छन् । जर्मनीमा पनि संक्रमितको संख्या बढ्दो छ ।

६ हजार ६ सय १५ संक्रमित थपिएसँगै जर्मनमीमा कोरोना भाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ३८ पुगेको छ । अहिलेसम्म जर्मनीमा २ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here