कोरोनाबाट साढे २१ हजार भन्दा बढीको मृत्यु, विश्वका सबैजसो मुलुकमा संक्रमण

0
738

१३ चैत्र, काठमाडौं । कोरोना भाइरसबाट विश्वभर २१ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वका सबैजसो मुलुकमा देखिएको छ । ४ लाख ८० हजार मानिसमा संक्रमण देखिदा १ लाख १५ हजार ८ सय निको भएर घर फर्किएका छन् ।

संक्रमणदर घटेको चीनमा पनि विगत २४ घण्टाको अवधिमा ६७ जना नयाँ संक्रमित फेला परेका छन् ।

त्यस्तै कोरोनाको संक्रमणमा रहेका ६ जनाले ज्यान गुमाएका छन् । योसँगै चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ ।

त्यस्तै इटालीमा ६ सय ६८ संक्रमितको मृत्यु भएको छ । यो मृत्युसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ।

अमेरिकामा पनि कोरोनाको संक्रमण फैलँदो अवस्थामा छ । अमेरिकामा संक्रमित भएका थप ९ जनाको मृत्यु भएको छ ।अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६ पुगेको छ भने ६८ हजार ५ सय ७३ जना संक्रमित छन् ।

त्यस्तै स्पेनमा संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ । नयाँ ६ सय ५६ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ३ हजार ६ सय ४७ पुगेको छ ।

इरानमा २२ सय ३४ जनाको मृत्यु हुँदा २९ हजार ४ सय ६ जनामा संक्रमण देखिएको छ । कोरोना भाइरसको महामारीले ब्यापक रुप लिदै जाँदा संसार सञ्चारबाहेक अरु सबै हिसावले बिच्छेदको अवस्थामा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here