ग्यास अभाव हुने भएपछि आधा सिलिण्डर मात्रै बजारमा पठाइने

0
1158

काठमाडौं – ग्यास अभाव हुने देखिएपछि सरकारले आधार सिलिण्डर मात्र ग्यास बजारमा पठाउने तयारी गरेको छ ।

भारतले समेत लकडाउन गरेपछि आयातमा असर परेको ठहर गरेको सरकारले चीनसँगका दुई वटा नाका खुल्ला गर्ने निर्णय गरे पनि तत्कालै त्यहाँबाट ग्यास आउने सम्भावना नभएकाले नेपाल आयल निगमलाई हालको परिमाण भन्दा ५० प्रतिशत कम गरेर बजारमा पठाउन निर्देशन दिएको छ ।

सरकारले त्यस्तो निर्देशन दिएलगत्तै नेपाल आयल निगमले पनि उद्योगहरुलाई हाल बजारमा गइरहेको १४.२ केजीको परिमाणको साटो ७.१ केजीको परिमाणमा मात्र ग्यास रिफिल गर्न आग्रह गरेको ग्यास उद्योगीहरुले बताएका छन् ।

आयल निगमले बुधबार राति यस्तो निर्देशन दिएपछि उद्योगीहरु त्यसैको तयारीमा लागेको ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए ।

यसअघि २०७२  सालमा भारतले नाकाबन्दी लगाउँदा पनि बिषम परिस्थिती आएपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here