कोरोना महामारी : ३२ सय २२ को मृत्यु, ८२ देशका ९४ हजार भन्दा बढि संक्रमित

0
496
तस्वीर : एपी

२१ फागुन, काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय २२ पुगेको छ।

८२ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९४ हजार ३ सय ४८ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी २९ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार २ सय ८२ मानिस संक्रमित भएका छन् ।

चीन बाहिर १४ वटा मुलुकमा २ सय ४१ जनाको मृत्यु भईसकेको छ । २ सय ४१ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।

चीन बाहिर सबैभन्दा धेरै इरानमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९२ पुगेको हो । त्यहाँ २९ सय २२ जनामा संक्रमण देखिएको छ ।

तस्वीरः सिन्ह्वा

इटालीमा ७९ जनाको मृत्यु भएको छ भने २५ सय २ जना संक्रमित भएका छन् । दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ५६ सय २१ छ ।

अमेरिकामा ९ जना, जापानमा ६ जना, फ्रान्समा ४ जना, हङकङ र अष्ट्रेलियामा २/२ जनाको मृत्यु भएको छ । थाइल्याण्ड, सनमारिनो, फिलिपिन्स, ताइवान, स्पेन, इराकमा १/१ जनाको मृत्यु भएको छ ।

चीनबाहिर १४ हजार ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ भने उपचारपछि घर फर्कने मानिसको संख्या ५१ हजार ३ सय १७ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here