अर्थमन्त्रीमा दोहोरिए खतिवडा, बुधबारबाटै कार्यभार ग्रहण

0
497
कार्यभार सम्हाल्दै अर्थमन्त्री खतिवडा, तस्वीरः रासस।

२१ फागुन, काठमाडौं । अर्थमन्त्रीबाट राजीनामा दिएको २४ घण्टा नबित्दै डा. युवराज खतिवडा सोही जिम्मेवारीमा फर्किएका छन् ।

बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा पुनः पदभार ग्रहण गरेका हुन् ।

उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस खतिवडाको अवधि मंगलबार सकिएको थियो ।

मन्त्रालयमा स्वागत गर्दै अर्थका कर्मचारी । तस्वीरः रासस

स‌ंसद सदस्य नरहेपछि उनले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । तर राजीनामा दिएको भोलिपल्टै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here