एसीसी इस्टन रिजन टी – २० : नेपालको शानदार जीत, थाइल्याण्ड ९ विकेटले पराजित

0
424
तस्वीरःएसीसी

काठमाडौं – एसीसी इस्टन रिजन टी –२० क्रिकेटमा नेपालले शानदार जीत दर्ता गरेको छ ।

बुधबार थाइल्यान्डमा भएको खेलमा घरेलु टोलीले दिएको ६७ रनको लक्ष्य ३३ बलमा मात्र १ विकेटको क्षतिमा पूरा गर्दै नेपालले ९ विकेटको जीत दर्ता गरेको हो ।

टस जीतेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर ६६ रन बनाएको थियो ।

६७ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको छ ।

नेपालका लागि ओपनर युवा ब्याट्सम्यान कुशल मल्लले १८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३६ रन प्रहार गरे ।

पवन शरार्फले १० बलमा ३ छक्का र २ चौकाको मद्दतमा २७ रन बनाउँदा नेपालले फराकिलो जीत हात पारेको हो ।

यसअघि टस जीतेर ब्याटिङ गरेको थाइल्यान्डले ६६ रन बनाउने क्रममा हेनन जोर्डन र फिरियापुङ सुनचाईले समान १३–१३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउँन सकेनन् ।

नेपालका करण केसीले ३, अविनाश बोहराले २ तथा भुवन कार्की र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here