अन्टारटिकाबाहेक सबैतिर कोरोना फैलियो, वासिङ्टनमा आपतकाल घोषणा

0
799

१८ फागुन, काठमाडौं । कोरोना भाइरसको महामारी अन्टारटिकाबाहेकका सबै महादेशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरस अहिलेसम्म ६४ वटा मुलुकमा फैलिएको जानकारी दिएका छन् । यसबाट ज्यान गुमाउनेको संख्या २ हजार ९ सय नाघेको छ ।

८५ हजार भन्दा बढी मानिस कोरोनाबाटै संक्रमित भएको सीएनएनले जनाएको छ । शुरुमा चीनमा मात्र सिमीत रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिएको हो ।

पछिल्लो ९ दिनमा मात्रै ३३ मुलुकमा कोरोनाको संक्रमण फैलिएको डब्लुएचओले  जनाएको छ ।

कोरोना फैलने क्रम तीब्र भएपछि विश्वका सबै देशले विमानास्थलहरुमा नै व्यापक मात्रामा निगरानी बढाएका छन् ।

कोरोनाबाट अमेरिकामा समेत एक जना व्यक्तिको मृत्यु भएपछि वासिङ्टन राज्यमा आपतकाल घोषणा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here