प्रधानमन्त्री ओलीको बुधबार नेपालमै मिर्गौला प्रत्यारोपण गरिने

0
457
फाइल फोटो

१८ माघ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपणबारे सचिवालय सदस्यहरुलाई जानकारी दिएका हुन् ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने जानकारी दिए ।

‘सचिवालयको आजको बैठकमा प्रधानमन्त्री एवं नेकपाको अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी गराउनुभयो’ प्रवक्ता श्रेष्ठले भने,‘ यही बुधवार उहाँको मिर्गौला प्रत्यारोपणको काम हुने योजना बनाइएको छ । त्रिवि शिक्षण अस्पतालमा उहाँको मिर्गौलाको प्रत्यारोपण हुनेछ ।’

२०६४ साउनमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here