प्रचण्डमाथि काठमाडौंमा जुत्ता प्रहार

0
379

१८ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि काठमाडौंमा जुत्ता प्रहार भएको छ।

राष्ट्रियसभा गृहमा दाहालमाथि जुत्ता प्रहार भएको हो । यद्यपि जुत्ताले भने उनलाई नलागेको बताइएको छ ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता हान्रे व्यक्ति जुम्लाका रतन  तिरुवा रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रचण्डको भाषण चित्त नबुझेपछि उनलाई जुत्ता प्रहार गरेको  तिरुवाले प्रहरीलाई बयान दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here