कोरोनाले २९ सय मानिसको मृत्यु, विश्वव्यापी महामारीको खतरा उच्च : डब्लूएचओ

0
797

१७ फागुन, काठमाडौं ।  कोरोना भाइरसको संक्रमण ५० बढी देशमा फैलिदा मृत्यु हुनेको संख्या २९ सय पुगेको छ । मृतक अधिकांश चीनका छन् ।

८५ हजार भन्दा बढी संक्रमित भएका छन् । मृत्यु हुनेमा २७ सय ९१ जना चिनियाँ नागरिक छन् । चीनमा संक्रमित हुनेको संख्या ७८ हजार ९ सय ६१ छ ।

विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको विश्व स्वास्थ्य संगठनले कोरोनाको जोखिम विश्भर फैलने खतरा अति उच्च भएको चेतावनी दिएको छ । कोरोना फैलने क्रम तीब्र भएकाले  विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको हो ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी अझ ठूलो चुनौतीको रुपमा खडा भएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here