कोरोना भाइरसले दक्षिण कोरियामा पनि महामारीको रुप लिदै

0
410
तस्वीरःएएपी

११ फागुन ,काठमाडौं । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुई गुनाले बढेको छ ।

शुक्रवारयता थप २२९ जनामा कोभिड-१९ गराउने भाइरसको सङ्क्रमण भएको छ। योसँगै दक्षिण कोरियामा ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

स्वास्थ्य उपमन्त्री किम गाङ-लिपले कोरोनाभाइरस प्रकोप “एउटा गम्भीर चरणमा” प्रवेश गरेको टिप्पणी गरेका छन्।अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरुले बताएका छन्।अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ।

कोरोनाले महामारीको रुप लिएको चीनमा अहिलेसम्म चीनमा अहिलेसम्म ७६,२८८ जनामा सङ्क्रमण भएको र २,३४५ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here