अमेरिकाबाट आएका भूटानी वाग्ले परिवारबाट घर निर्माण

घर पाएर बृद्धबृद्धा खुशी

0
822

घर पाएर बृद्धबृद्धा खुशी
१४ फागुन २०७६/डिकेश लामा
अमेरिका पुर्नवास भएका एक परिवारले मोरङ्गको पथरी शनिश्चरे शिविरमा बृद्धबृद्धाका लागि मनोरञ्जन गर्ने भवनमा एउटा भान्सा घर निर्माण गरेका छन् । तेस्रो मुलुक पुगेका महासुर वाग्लेका परिवारले आफ्नो छोराछोरी र आफन्तको सहयोगमा पथरी शरणार्थी शिविरमा मृत्यु हुन भएका आमा र बहिनीकोे स्मृतिमा बृद्धबृद्धाका लागि चमेना घर निर्माण गर्नु भएको छ ।

 

पथरी शनिश्चरे शिविरको सेक्टर जी/४ हट नम्बर १८ बाट सन् २०१४ मा अमेरिका पुर्नवास हुनु भएका वाग्लेको जन्म भूटानको चिराङ्ग जिल्ला सल्लेरी कवासेमा भएको थियो । ६ बर्षको अमेरिका बसोवास पछि आमा र बहिनीको नाममा चमेना गृह निर्माण गर्न पाउँदा आपूmलाई भाग्यमानी भएको भावुक हुँदै बताउनु भयो ।

झण्डै ८ लाख रुपयाँ आफ्नो परिवार र आफन्तको सहयोगमा संकलन गरेको रकमले २०६० साल चैत्र ४ गते बुधबारका दिन मृत्यु हुनु भएकी आमा हरिमाया वाग्ले र सोही साल कार्तिक २३ गते मृत्यु हुनु भएकी आफ्नो बहिनी कृतिका तिवारीको नाममा घर निर्माण गरेका हुन् । हाल अमेरिकाको नुवेल क्यान्टोकीमा स्थायी बसोवास गर्दै आउनु भएका वाग्लेका परिवारले गरेको कार्यले स्थानीय र शरणार्थी दुवै समूदायका बृद्धबृद्धाका लागि अति फलदायी कार्य भएको पथरी शनिश्चरे नगरपालिका वडा नं. १० की सदस्य मैनादेवी फूँयालले बताउनु भयो ।

इन्टर नेशनल होम केयर एलएलसीले यस अघि निर्माण गरेको बृद्धबृद्धा मनोरन्जनका लागि भवनमा चमेना गृहको अभाव रहेको थियो । तेस्रो मुलुक पुगेका भूटानीहरुले आफूहरुको पूर्खाको थलो तथा लामो समय प्रवास जीवन गुजारा गरेको भूमिको माया गर्दै समस्या परेका शरणार्थीको सहयोगमा विशेष चासो दिन थालेको शिविर सचीव चम्पासिंह राईले बताउनु भयो ।
बूढेसकालको जीवनमा दिन विताउँन समस्या हुँदै आएका भूटानी शरणार्थी मात्र नभएर स्थानीय क्षेत्रका बृद्धबृद्धाले समेत सो भवनमा आएर नाचगान गर्ने, एकअर्कावीच सुखदुःखका कुराकानी गर्ने तथा मनोरञ्जनका लागि टेलिभिजन हेर्ने समेत गर्दै आएको उनीहरुले बताएका छन् ।

see for video story in this link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here