७० करोड घुस प्रकरणमा जोडिए मन्त्री बाँस्कोटा, कांग्रेसबाट संसद अवरुद्ध

बर्खास्त गर्नदेखि राजिनामा दिन सम्मको दबाब

0
747

८ फागुन, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन लेनदेनमा बार्गेनिङ गरेको ‘अडियो’ सार्वजनिक भएको छ ।

मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको कुराकानीको ‘अडियो’ सार्वजनिक भएको हो । उक्त अडियो सार्वजनिक भएलगत्तै बाँस्कोटालाई मन्त्री पदबाट बर्खास्त गर्नेदेखि राजिनामा दिनुपर्नेसम्मका दबाबसहितका प्रतिक्रिया सार्वजनिक भएका छन ।

मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धित रहेर कुराकानी गरिएको छ । जहाँ मन्त्रीको समय मिलाउने र कमिसनका विषयमा कुरा गर्ने उल्लेख गरिएको छ ।

१२ गते १२ बजेपछि स्वीस एम्बेसी भेट्न आउने र उसलाई मन्त्रीले समय दिनुपर्ने प्रसंगबाट शुरु भएको टेलिफोन कुराकानीमा केका लागि मन्त्री बाँस्कोटाले ७० करोड रकम माग गरेका हुन् भन्ने कुराचाहिं स्पष्ट छैन ।

तर, एमओयु गर्ने कि भन्ने प्रसंग कुराकानीमा उल्लेख भएकाले कुनै खरिदसँग सम्बन्धित कुरा हुनसक्ने आंकलन गर्न सकिन्छ ।

छलफलका लागि स्वीस राजदूतले छुट्टै छलफल गर्न चाहेको जानकारी मन्त्रीसँग पैसाको डिल गर्दै गरेका स्वीस कम्पनीका स्थानीय एजेन्ट विजय मिश्रको भनाईमा उल्लेख छ ।

यही बिषय बाहिरिएपछि नेपाली कांग्रेसले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ । कांग्रेसले राष्ट्रियसभाको बैठक समेत अवरुद्ध गरेको छ ।

ठूलै हतकण्डाको रुपमा कमिसन प्रकरण बाहिरिएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल समेत भएको छ । छलफलमा मन्त्री बाँस्कोटालाई यसबारे सोधपुछ गरेर आवश्यक निर्णय गर्ने तयारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here