फागुन ४/
प्रधानमन्त्री केपि शर्मा ओलील तेस्रो देश पुनर्वासले गर्दा नेपाली भासी भुटानी शरणार्थिहरुले कष्टकर जिवनबाट मुक्ति पाएको बताउनु भएको छ । दमक चिसपानी रवि फाल्गुनन्द मार्गको आज सडक कालोपत्रे सिलान्यास पछि बेल्डाँगीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले भुटानी शरणार्थिहरुको तेस्रो देश पुनस्र्थापनाको पहल थाल्दा कतिपयले बिरोध गरेको स्मरण गर्दै उहाँले अहिले बिभिन्न सम्पन्न मुलुकमा पुगेका शरणार्थिहरुको जिवन स्तर उक्सिएको बताउनु भयो । बिभिन्न दाताले दिएको भरमा जिवन चलाउनु पर्ने बाध्यताबाट शरणार्थिहरुले मुक्ति पाएको भन्दै उहाँले जिवन स्तर सहज बनेपछि र तिनका सन्तानले राम्रो शिक्षा पाएपछि आप्mनो मुलुक फर्किने प्रक्रिया आपैंm सुरु गर्न सक्ने अवस्था आउने बताउनु भयो ।
पहिला भुटानी शरणार्थि शिबिर रहेकै ठाउँमा बनाईएको मञ्चबाट सम्बोध नगर्दै प्रधानमन्त्री ओलीले तेस्रो देश गएर बाँकी रहेका शरणार्थिहरुको पनि दिगो समाधान गर्न आफु लागेको बताउनु भयो । तर उहाँले त्यो समाधानको प्रक्रिया भने कस्तो हुनेछ भनेर खुलाउनु भएन ।