अडियो प्रकरणपछि सञ्चारमन्त्री बास्कोटाको राजीनामा

0
399

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले पदबाट राजीनामा दिएका छन्।

सेक्युरिटी प्रिन्टर खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँसकोटाको राजीनामा आएको हो।

सञ्चारमन्त्री बाँसकोटाले पदबाट राजीनामा दिएको प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले जानकारी दिएका हुन्।

सञ्‍चारमन्त्रीले पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी आएको छ’, सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा भने, ‘‍औपचारिक पत्र पनि आउला।’

मिश्रले स्वीस कम्पनीका नेपाली एजेन्टकारुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटासँग करोडौं कमिशनको डिल गरेको अडियो सार्वजनिक गरेका थिए।

आफू संलग्न स्वीस कम्पनीले ७५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्री प्रिन्टरको भाउ बढाएर पनि ४ अर्ब भन्दा बढी झिक्न भनेको अडियो बुधबारदेखि भाइरल भइरहेको थियो।

यही बिषयलाई लिएर नेपाली कांग्रेसले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको थियो । कांग्रेसले राष्ट्रियसभाको बैठक समेत अवरुद्ध गरेको छ ।

ठूलै हतकण्डाको रुपमा कमिसन प्रकरण बाहिरिएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल समेत भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here