प्रधानमन्त्रीले भने – ‘नेपालबाट भोकमरी अन्त्य भयो’

0
663

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गरिवी भए पनि भोकमरी अन्त्य भएको दावी गरेका छन ।

सरकारको २ बर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा संसदमा बिशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भोकमरी अन्त्य भएको दावी गरेका हुन ।

दुई बर्षमा मानव विकास सूचाकांक, व्यवसाय गर्ने सहज बाताबरण , भोकमरीको अवस्था , शान्ति तथा कानूनी शासन भ्रष्टाचार निवारण, पर्यटकिय प्रतिस्पर्धा, लैंगिक समानता जस्ता विश्वव्यापी सूचकांकमा नेपालले उल्लेख्य सुधार गरेको प्रधानमन्त्रीले दावि गरेका छन ।

‘नेपालमा गरिवी अवश्य छ तर अव यहाँ कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।’ प्रधानमन्त्री ओलीले भने ।

पहिला सरकारका प्रतिबद्धता र उदेश्यबारे चर्चा गर्दा गफ गरेर हुन्छ भनेर हुँदै आएका आलोचना परिस्थिती र परिवेस अनुसार फेरिन थालेको उनले बताएका छन ।

‘यो एक बर्षदेखि एउटा थेगो जस्तै अंक र आंकडाले हुन्छ, ग्लोबल इन्डेक्सबाट हैन जनतामा इम्प्रेसन के छ बुझ भन्ने जस्ता कुराहरु सुनिन थालेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता तर्क सुन्दा म बेलाबेलामा बिस्मित पनि हुन्छु ।’

सम्बोधनको सुरुवातबाटै कांग्रेसप्रति कटाक्ष गरेका प्रधानमन्त्री ओलीले यसपटक आफुले आंकडा मात्र हैन अनुभूति पनि लिएको आएको बताए ।

‘अंकमा हैन अनुभूती नै सही । इन्डेक्स हैन इम्प्रेसनकै कुरा गरौं न त । यो सरकार गठन हुनुअघि तराईमा शितलहर र हिमालमा जाडोले कठ्यांग्रिएर हरेक हिउँदमा दर्जनौं मानिसहरु मर्थे । विगत दुई बर्षयता जाडो वा शितलहरबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन ।’ ओलीले भने, ‘यो अंकमात्र हैन अनुभूति पनि हो ।’

भरखरै राष्ट्रिय सभाको चुनावको नतिजाले पनि जनतामा के अनुभूति छ भन्ने  जवाफ दिएको उनले दावी गरे । यसअतिरिक्त उपचुनावमा आएको बढी मत र बढी सिट समेत जनताको अनभूति मापनको सूचक भएको ओलीको भनाई छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here