शिक्षकले आफ्नो तवलबाट खाजा खुवाउने कार्यक्रम प्रसंशनीय

तलवको रकमबाट शुरु गरेको कार्याक्रमलाई दाताको सहयोग

0
911

विधार्थीलाई सुट वितरण
२६ माघ २०७६/डिकेश लामा 
सामुदायिक विधायलमा शिक्षकहरुको प्रयासमा खाजा तथा विधार्थीका लागि ट्रयाक सुट आज एक औपचारिक कार्याक्रमबीच वितरण गरिएको छ ।
झापा र इलामको सीमा क्षेत्रबाट बालबालिका पढ्ने इलामको चुलाचुली गाउँपालिका वडा नं. ५ मा रहेको भानु माध्यामिक विधालयमा आइतबार कक्षा ६ देखि ८ सम्मका ९३ जना विधार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ । विधालयको विधार्थी खाजा व्यवस्थापन समितिको अगुवाईमा धेरै जसो विधार्थी विपन्न परिवारको भएको कारण विभिन्न सहयोगी संस्थाको सहयोगमा ड्रेस वितरण गरिएको विधालयका प्रअ रघुनाथ मिश्रले बताउनु भयो । 


समितिले यस अघि कक्षा १ देखि ५ सम्म ९७ जनालाई न्यानो कपडा वितरण गरिएको छ । कार्याक्रममा गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले शिक्षकहरुले आफ्नो तलव काटेर र सहयोग मागेर विधार्थीलार्ई खाजा र ड्रेसको व्यवस्था गर्नु प्रशंनीय भएको बताउनु भयो ।
दिवा खाजा व्यवस्थापन समितिको अध्यक्ष सोमनाथ खनालको अध्यक्षतामा भएको कार्याक्रममा सहयागी संस्था जेसीआर होटेल मेनेजमेन्ट इन्टिच्युट दमकका रमेश जसवाल, क्लव हिमालयन टाइगर दमकका अध्यक्ष रेवतचन्द्र भण्डारी, यात्रा होलिडे ट्राभल्स एण्ड टुर्सका संचालक निरज खनाल, कलर्स फेसन वयर्स दमकका संचालक गोविन्द सेनेहाङ्गलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको छ । दिवा खाजा व्यवास्थापन समितिका सदस्य विधालयकी शिक्षक विमला भण्डारीले स्वागत मन्तव्यबाट शुरुवात गरिएको कार्याक्रममा विधार्थीलाई प्रमुख अतिथि राई र अतिथिहरुले ड्रेस लगाएर औपचारिक शुरु गरियो ।

तलवको रकमबाट शुरु गरेको कार्याक्रमलाई दाताको सहयोग

ढेड बर्ष अघि ७ जना शिक्षकले ५/५ सय र पछिल्लो समय मासिक शिक्षकको तवलबाटै १० हजार उठाएर वार्षिक खाजाको शुरुवात भएको दिवा खाजा व्यवस्थापन समितिका सचीव माधवमणी खनालले बताउनु भयो । तलवबाट पैसा कटाएर शुरुवात गरेको खाजा कार्याक्रममा पछिल्लो समय दाताहरुले समेत सहयोग गर्न थालेका छन् । स्थानीय वडापालिकाले २० हजारको खाजा पकाउने सामाग्री उपलव्ध गराएको समितिका अध्यक्ष सोमनाथ खनालले बताउनु भयो । हाल आएर अन्य दाताहरुले समेत सहयोग गरेकाले कोषमा झण्डै १ लाख ५० हजार हाराहारीमा रकम खाजा खुवाउन कै लागि जम्मा भएको कोषाध्यक्ष धनमाया गड्तौलाले बताउनु भयो । पछिल्लो समय कक्षाबाट ड्रप आउट हुने संख्या समेत नियन्त्रण भएको विधालयका शिक्षक रधुनाथ मिश्रले बताउनु भयो ।

विधार्थीलाई स्थानीय क्षेत्रमा उत्पादन हुने तरुल, तरकारीबाली, मकै, भट्मास लगायतलाई बढी प्राथमिकता दिएर स्वास्थ्यलाई फाइदा हुने खाजा खुवाउँदै आएको विधालयकी शिक्षक विमला भण्डारीले बताउनु भयो । २९ जनाबाट शुरु गरिएको दिवा खाजा खाने संख्या हाल अहिले दैनिक ८० जना पुगेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here