१२ माघ,काठमाण्डौ । प्रतिनिधि सभाको सभामुखमा नेकपाका नेता अग्नि सापकोटा निर्विरोध निर्बाचित भएका छन ।
सत्तारुढ नेकपाको बहुमतका कारण उनि निर्बाचित हुने निश्चित भएपछि अन्य दलले सभामुख पदका लागि उम्मेद्वारी दिएका थिएनन् । अरुको उम्मेद्वारी नै नपरेपछि सापकोटा निर्विरोध निर्वाचित भएका हुन ।
सभामुख निर्वाचित भएलगत्तै सापकोटाले सबैलाई मिलाएर अघि बढ्ने प्रतिक्रिया दिएका छन् । आइतवार(आज) बसेको प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुखमा निर्वाचित भएपछि सापकोटाले आफूले संसदमा रहेका सबै दललाई मिलाएर लैजाने प्रतिक्रिया दिएका हुन ।
संसदमा आफ्ना धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेता मिनेन्द्र रिजालले सापकोटाको नाम नलिई आम नागरिकले शंकाको कुरा गरेको भन्दै त्यसलाई शान्त पार्न उनले सक्छन् कि सक्दैनन् भन्ने भोलिका दिनमा व्यवहारले देखाउने बताएका थिए ।










