गायिका आस्था राउत प्रहरी नियन्त्तणमा, ४ दिनसम्म हिरासतमा रहने

0
484

१३ माघ, काठमाडौं । बिमानस्थलमा प्रहरीलाई दूर्ब्यवहारको आरोप खेपेकी गायिका आस्था राउतलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।

आफैं प्रहरी कार्यालय पुगेकी राउतलाई मिलापत्र गराएर छाडिने अड्कलबाजी बिपरित प्रहरीले भने थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयमा अनुमति मागेर अन्ततः ४ दिन हिरासतमा राख्ने भएको छ ।

४ दिन हिरासतमा राखेर उनिमाथी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था आज (सोमबार) आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते (आइतबार) आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

भारतको सिक्किममा तय भएको एउटा सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरी झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here