बलात्कार आरोपित सिद्दबाबा थुनिने सुइको पाएपछि भारत फरार

थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत बिराटनगरको आदेश

0
51

९ माघ, काठमाडौं । आफ्नै भक्तमाथी बलात्कार आरोप लागेका सिद्दबाबा भनिने कृष्णबहादुर महरा भारत फरार भएका छन ।

जिल्ला अदालत सुनसरीले ३ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्दै आवश्यक अनुसन्धान गर्न दिएको आदेशलाई उच्च अदालतले उल्टाएको केही घण्टा उनि बिराटनगर हुँदै भारत फरार भएका हुन ।अंगरक्षकको रुपमा प्रहरीसमेत साथै लिएर हिड्ने गिरीलाई प्रहरीले नै भगाएको भन्ने आरोपपछि उनका अंगरक्षक मुकुश साह अनुसन्धानका लागि मोरङमा तानिएको छ ।

बलात्कार गरेको अभियोगमा पक्राउ परेका  गिरीलाई जिल्ला अदालत सुनसरीले पुसमा धरौटीमा छोड्न आदेश दिएको थियो । दुई दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई तीन लाख धरौटीमा छाड्न दिएको आदेशलाई बिहिबार उच्च अदालत बिराटनगरले उल्ट्याएको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिनअघि गिरी जोगवनी नाकाबाट भारत भागेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here