कोरोना भाइरसको महामारीपछि चीनको बुहानमा हवाई, रेल र सार्वजनिक गाडी बन्द

0
894
तस्बिरःबीबीसी

९ माघ काठमाडौं । कोरोना भाइसरको महामारी नियन्त्रणबाहिर पुगेपछि चीनको बुहानमा सबै सार्वजनिक यातायात बन्द गरिएको छन ।

अस्थायी रुपमा सार्वजनिक यातायात, रेल, हवाई यातायात बन्द गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन । सबै सार्वजनिक यातायातका साधन बन्द भएपछि आगामी सातादेखि सुरु हुने चीनको नयाँ बर्ष मनाउन विभिन्न स्थान जान लागेका लाखौं मानिस प्रभावित भएका छन । बुहानमा १ करोड १० लाख भन्दा बढी मानिसको बसोबास रहेको छ ।

गत डिसेम्बरमा बुहानबाट देखिएको कोरोना भाइरसको संक्रमण चीनका अन्य स्थानमा समेत फैलिएपछि रोकथामको प्रयत्नस्वरुप अस्थायी रुपमा सार्वजनिक यातायात बन्द गरिएको बताइएको छ ।

 अस्थायीरुपमा सार्वजनिक यातायात बन्द हुँदा मानिसहरुको आवातजावात रोकिने र संक्रमण पनि फैलन कम हुने दावी गरिएको छ । कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ भने ५ सय भन्दा बढी संक्रमित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here