अमेरिकी आक्रमणमा इरानी कुड्स फोर्सका प्रमुखको मृत्यु

मध्यपूर्बमा अशान्तिको खतरा

0
792
तस्बिरः बीबीसी

१८ पौष, काठमाण्डौ । अमेरिकाले इराकको बगदादमा गरेको हवाई हमलामा इरानी कुड्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन ।

इराकस्थित आफ्नो दूताबासमा भएको हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिएको २ दिन नबित्दै इरानी जनरल सुलेमानी मारिएका हुन । घटनापछि मध्यपूर्बमा तनाव चुलिने अड्कलबाजीहरु ब्याप्त भएका छन ।

अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ। इरानको लागि सुलेमानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको नेतृत्वमा काम गर्दै आएका  थिए । सन् १९९८ देखि इरानको कुड्स विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो। सो दस्ताले इरानबाहिर गोप्य गतिविधिहरू गर्दै आएको बीबीसीले जनाएको छ ।

सुलेमानी मारिएपछि इरानी विदेशमन्त्री जावेद जारिफले सो आक्रमणलाई ‘धेरै नै खतरनाक र मूर्खतापूर्ण’ भन्दै अब उत्पन्न घटनाको जिम्मेवार अमेरिका हुने चेतावनी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here