देवेन्द्र दाहाल नेकपाबाट राष्ट्रियसभाको उम्मेद्वार बन्ने

0
722

पुश १८/
दमक निवासी नेकपाका नेता देवेन्द्र दाहाललाई आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टिले प्रदेश नम्बर १ मा उम्मेद्वार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको नेकपाको सचिवालय बैठकले दाहाललाई प्रदेश नम्बर १ बाट राष्ट्रियसभाको उम्मेद्वार बनाउने निर्णय गरेको हो । दमकमा रहेर राजनितिमा सक्रिय दाहालले तत्कालीन नेकपा एमालेको १५ बर्ष सम्म झापा जिल्लाको नेतृत्व सम्हाल्नु भएको थियो । पार्टिको नेतृत्वमा रहेर लामो समय काम गरेपनि यस अघि दुई वटा संसदिय निर्वाचनमा उम्मेद्वार बनेका दाहाललाई दुवै पटक पराजित भएकोले अभागी नेताको रुपमा चिनिन्छ । तर राष्ट्रियसभाका मतदाता प्रदेशसभा सदस्य र स्थानिय तहका प्रमुख उप प्रमुख हुने हुनाले यस पटक भने राष्ट्रियसभामा दाहालको जित निश्चित जस्तै छ ।
प्रदेश नम्बर १ बाट नेकपाले राष्ट्रियसभाको उम्मेद्वारमा दाहाल संगै महिलामा इन्दु गौतम र दलितमा गोपी अछामीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here