नेकपाबाट राष्ट्रियसभाका उम्मेद्वार तय, चुनाव हारेका नारायणकाजी समेत राष्ट्रियसभामा !

0
651

१८ पौष, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रत्यक्ष चुनाव हारेका पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितलाई राष्ट्रियसभा ल्याउने गरी उम्मेद्वार तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा  शुक्रबार बसेको सचिवालय बैठकले सचिवालयका नेता श्रेष्ठ र स्थायी कमिटी सदस्य बेदुराम भुषाललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । यस्तै प्रदेश एकबाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी प्रदेश दुईमा राजपासँग चुनावी तालमेल गर्दा नेकपाले दुई जना उम्मेदवार पाएको छ । जसमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाइएको छ । प्रदेश ३ मा नेकपाले महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको हो।

त्यस्तै गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

प्रदेश पाँचमा महिला उम्मेदवार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईको नाम टुंगो लागेको छ । त्यसैगरी कर्णाली प्रदेशबाट अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुनिता केसी उम्मेदवार बनेका छन् ।

स्मरणीय यो छ कि प्रवक्ता श्रेष्ठ गोरखामा प्रत्यक्ष निर्वाचन लड्दा डा.बाबुराम भट्टराईसँग पराजित ब्यक्ति हुन । यसअघि बामदेव गौतमलाई सांसद बनाउन खोज्दा चौतर्फी बिरोधले पछि हट्न बाध्य नेकपा श्रेष्ठको हकमा भने लचिलो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here