८ पौष, काठमाण्डौ । समाजवादी पार्टी सरकारमा सहभागि भएको १८ महिनापछि सरकारबाट बाहिरिएको छ ।
संविधान संसोधनको २ बुँदे सहमति सहित अघिल्लो बर्षको जेष्ठ १८ गते सरकारमा सहभागि भएको समाजवादी पार्टी सहमति कार्यान्वयनमा नआउँदै सरकारबाट बाहिरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्दा बिनासल्लाह स्वास्थ्यबाट कानुन मन्त्रालयको जिम्मेवारी दिएको तथा स्वास्थ्य राज्यमन्त्री समेत हटाइदिएपछि रुष्ट बनेको समाजवादी पार्टी अन्ततः सरकारबाट बाहिरिएको हो ।
अघिल्लो बुधबार (२ पौष) मा राजपा र सत्तारुढ नेकपाबीच राष्ट्रिय सभा चुनावका लागि सहमति भएलगत्तै समाजवादी पार्टी सरकारबाट बाहिरिने अड्कलबाजीकाबीच उपेन्द्र यादबको सरकारबाट बहिर्गमन राजपाका लागि सत्ता प्रवेशको मार्गको रुपमा समेत बुझिएको छ ।