शंकास्पद गतिबिधिका आधारमा ९० भन्दा बढी चिनियाँ पक्राउ

0
532
फाइल तस्बिर

७ पौष, काठमाण्डौ । शंकास्पद गतिबिधिका आधारमा नेपाल प्रहरीले ९६ जना चिनियाँ नागरिकलाई काठमाण्डौका बिभिन्न स्थानबाट पक्राउ गरेको छ ।

उनिहरुलाई काठमाण्डौका बाँसबारी बुढानिलकण्ठ र मनमैजु लगायतका क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

भीसा अबधी सकिएपछि पनि नेपालमै बसेर बैंकिङ सिस्टम ह्याकिङ गर्ने चिनिया गिरोह नै पक्राउ गरेपछि प्रहरीले चिनियाँहरु माथी निगरानी बढाउँदै आएको थियो । उनिहरुको गतिबिधि शंकास्पद भएकाले पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिषर काठमाण्डौका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here