जटिल शल्यक्रिया गरेर दमकको एड्भान्स अस्पतालले बचायो झापा गौरिगञ्जका सवारी शाहको ज्यान

0
652

पुश १०/
दमकमा रहेको एडभान्स अस्पतालमा जटिल खालको सल्यक्रिया गरी एक बिरामीको ज्यान बाचाईएको छ । झापा गौरिगञ्जका ६७ बर्षिय सवारी शाहको पेटको जटिल शल्यक्रिया गरिएको हो । शाहको पेटमा क्रोनिक अल्सरका कारण आमासयबाट आन्द्रामा जोडिने प्लाल बन्द भएको थियो । खाएको कुराहरु पेटमा नपुग्दा बोमिट हुने र पेटमा घाउ भएर शिकिस्त भएका बिरामी शाहको पुरै पेटलाई चिरेर आमासयलाई सानो आन्द्रामा जोड्ने शल्यक्रिया सफल रुपमा गरिएको सल्य चिकित्सक तथा ईन्डोस्कोपि बिषेशज्ञ डाक्टर रविनरत्न मानन्धरले बताउनु भयो । पुरै पेटलाई चिरेर गरिने यस प्रकारको शल्यक्रिया अत्यन्तै जोखिम पुर्ण हुने अझ ६७ बर्षिय व्यक्तिलाई पुरै बेहोस बनाएर अप्रसन गर्दा जोखिम धेरै हुने भए पनि सफलता पुर्वक अप्रेसन गरिएको उहाँले बताउनु भयो । अस्पतालमा केहि समय अघि मात्रै ल्याईएको अत्याधुनिक मेसिनका कारण जोखिम पुर्ण अप्रेसन पनि सफलता पुर्वक गरिएको उहाँले बताउनु भयो ।
बिरामीलाई ३ घण्टाको अप्रेसन पछि ७ दिन सम्म आईसियुमा राखेर घाँटीबाट पाईप छिराई नशाबाट खाना दिनु परेको पनि डाक्टर मानन्धरले बताउनु भयो । यस प्रकारको शल्यक्रियामा खर्च धेरै हुने भए पनि स्वास्थ्य बिमा बाट सरल खर्चमा बिरामीको उपचार गरिएको उहाँले बताउनु भयो ।
एड्भान्स अस्पतालले पछिल्लो समय अत्याधुनिक मेसिनहरु ल्याएकोले जटिल प्रकारका शल्यक्रियाहरु प्नि सहज रुपमा गराउन सकिएको अस्पतालका सञ्चालक चैतन्य बरालले बताउनु भयो । सबै प्रकारका बिरामीहरुको सहज उपचारको लागी अस्पतालले सेवामा आधुनिक प्रबिधिहरु ल्याईरहेकोले कुनै पनि बिरामीले उपचारको लागी अन्यत्र जानु नपर्ने गरी सेवा बिस्तार गरिएको पनि सञ्चालक बरालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here