२ पौष, काठमाण्डौ । पूर्बराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित बुधबार झापाको दमक पुगेका छन ।
हरेक वर्षजसो यही समय झापा पुग्ने शाहले पूर्बमा रहेका विभिन्न देवस्थलहरुको भ्रमण एवं पूजापाठ गर्दै आएका छन । यो क्रममा उनि उनको स्वामित्वमा रहेको दमकस्थित चियाबगानको निवासमा बस्नेछन ।
यसक्रममा उनले आफ्ना निकटवर्तीहरुसँग भेटघाट गरेर राजनीतिक चलखेल गर्ने गरेको आरोप लाग्दै आए पनि काठमाण्डौको जाडो छल्न मात्र उनि पूर्वी तराईमा आएको उनि निकटहरुले दावी गरेका छन ।